नेपालगन्ज उपमहानगरपालिकालाई धुम्रपान रहित कार्यालय बनाउने प्रतिवद्धता ब्यक्त गरिएको छ । नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्धिन राईले यस्तो प्रतिवद्धता ब्यक्त गरेका हुन् ।
विश्व धुम्रपान रहित दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिका र बागेश्वरी असल शासन क्लब (बास) नेपालगन्जको सहकार्यमा छपाई गरिएका विभिन्न सन्देश मुलक स्टिकर टाँसेर धुम्रपान रहित कार्यालय बनाउने अभियान सुरुवात गरिएको हो ।
त्यस अवसरमा नगर प्रमुख विष्ट र नगर उपप्रमुख राईले उपमहानगरपालिका कार्यालयलाई धुम्रपान रहित बनाउन कडाई गरिने बताएका थिए ।
सो क्रममा प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, बासका पदाधिकारी, उपमहानगरपालिकाका कर्मचारी लगायत उपस्थित भएका थिए ।
सत्यपाटी । बाँके ।