सूचनाको शक्ति - The Power Of Information

        

राप्तीसोनारी गाउँकार्यपालिकामा एमालेका सबै उम्मेदवार विजयी

बाँकको राप्तीसोनारी गाउपालिकामा सम्पन्न कार्यपालिका सदस्य निर्वाचनमा एमालेको प्यानलै विजयी भएको छ ।

सोमबार सम्पन्न निर्वाचनमा एमालेका उम्मेदवार दलियत अल्पसंख्यबाट केशवराज दमाई २७ मत, थानबहादुर बिक २८ मतल्याई विजयी भएका छन ।

उनीहरुको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका धनबहादुर बिक १८ र प्रदिप कुमार रजकले १८ मत प्राप्त गरेको गाउकार्यपालिका मुख्य निर्वाचन अधिकृत टोपोन्द्र केसीले जनाएका छन । ।

यसैगरी गाउकार्यपालिकामा महिला सदस्यमा सुमित्रा कुमारी थारु २८, गौत्रा कुमारी डाँगी २७, यमकुमारी वली २७, राधिका सुनार २७ मत ल्यएर विजयी भए ।

उनीहरुका प्रतिद्वन्द्वी माओवादी केन्द्रका कमला विकले १९ मत, नुमा विक १९, मिना कुमारी बुढा १९, राप्रपा कि लक्ष्मी थारुले १९ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार १७:१४