सरकारले पेय पदार्थमा कर बढाएको छ । अर्थमन्त्री जनार्दन शर्माले इनर्जी ड्रिङ्क्ससहित मदिराजन्य पदार्थमा कर बढाएका हुन् । सबैभन्दा बढी कर बियरमा बढेको छ ।
जौबाट बनेको बियरमा अन्तःशुल्क १९८ लाग्दै आएकोमा २२८ रुपैयाँ पुगेको छ । इनर्जी ड्रिङ्क्समा लाग्ने कर प्रतिलिटर ३६ रूपैयाँबाट ५० रुपैयाँ पुगेको छ । सरकारले तयारी मदिरासँगै कच्चा पदार्थको कर पनि बढाएको छ ।
सरकारले कर बढाएसँगै सबै पेय पदार्थको मूल्य सोमबारदेखि नै बढ्ने छ । अल्कोहलरहित बियरको एक लिटरमा २० रुपैयाँ कर लगाउँदै आएकोमा अब ३० रुपैयाँ पुगेको छ । अनडिनेचर्ड इथायल अल्कोहलमा प्रतिलिटर ७० रुपैयाँ लाग्दै आएकोमा ८० प्रतिशत पुगेको छ ।
कच्चा पदार्थको रुपमा प्रयोग हुने रेक्टिफाइड स्प्रिटमा ७० प्रतिशत थियो । अब ८० रुपैयाँ पुगेको छ । एक्स्ट्रा न्युट्रल अल्कोहलमा ७६ बाट ८६ रुपैयाँ र इथाइनलको समेत कर बढेको छ । वाइन र ब्रान्डीको कच्चा पदार्थका रुपमा प्रयोग हुने मादक द्रवहरु प्रतिलिटर १९८ बाट २२८ रुपैयाँ पुगेको छ ।
त्यस्तै ह्विस्की, रम, जीन र जेनेभा, भोड्काको कच्चा पदार्थका रुपमा प्रयोग हुने द्रवहरुमा १९८ बाट २२८ रुपैयाँ पुर्याएको छ । त्यस्तै बाइन, ब्रान्डी, ह्विस्की, रम, जीन, भोड्काको कच्चा पदार्थका रुपमा प्रयोग हुने १५ युपी शक्ति अर्थात् ४८ प्रतिशत अल्कोहलको तयारी मदिराको प्रतिलिटर १५ सय ९२ बाट १७ सय ५० लिटर पुर्याएको छ ।
प्रतिएलपी लिटर १८ सय ७२ रूपैयाँबाट २०५९ रुपैयाँ पुगेको छ । २५ युपिशक्ति अर्थात ४२.८ प्रतिशत अल्कोहलको मात्र भएको तयारी महिनामा प्रति लिटर ११ सय ८८ रूपैयाँबाट १३ सय ६ रुपैयाँ पुगेको छ । प्रति एलपी लिटर १५ सय ७८ रुपैयाँ रहेकोमा १७ सय ४१ रुपैयाँ पुगेको छ ।
३० युपी शक्ति अर्थात ३९.९४ प्रतिशत तयारी मदिराको प्रतिलिटर ११ सय ५ लिटर थियो । अब सरकारले १२ सय १५ रुपैयाँ पुर्याएको छ । प्रतिएलपी लिटर १५ सय ७८ रहेकोमा अब १७ सय ३५ रुपैयाँ पुगेको छ ।
सत्यपाटी । काठमाडौं ।