काठमाडौंमा पढ्न, रोजगार, गर्ने ७७ वटा जिल्लाबाट आउँछन् । कोठा भाडामा लिएर बस्छन् । सटर भाडामा लिएर व्यापार गर्छन् । प्लेट लिएर कार्यलय सञ्चालक गर्छन् । एउटा जिल्लाको मानिस अर्को जिल्लामा गएर भाडामा बस्छन् । आफ्नो जन्मोथलोमा शिक्षा, उपचार, रोजगारी नपाएर अर्को जिल्लामा गएर भाडामा बस्छन् । कोठा, सटर, फ्ल्याटको रेट घरधनीको जिब्रोमा छ । घरबेटीहरु कोठा सटर फ्ल्याट खाली भनेर लेखेर टाँसेको हुन्छ । त्यहिँ टाँसेको कागजमा घर धनीको सम्पर्क नम्बर हुन्छ ।
एउटा कोठाको घरधनीहरु महिनाको ७ हजारदेखि १२ हजारसम्म लिन्छन् । एउटा सटरको महिनाको १५ हजारदेखि १० लाखसम्म लिन्छन् । एक फ्ल्याटको महिनाको भाडा २० हजार देखि ५० हजार लिन्छन् । कोठा खोज्न मानिसलाई एउटा कोठा दिँदैन । बस्नुभन्दा अगाडि ३ महिनाको भाडा शुरुमैं लिन्छन् । महिना पुग्नुभन्दा अगाडि नै भाडा मागछन् । खाली सटर ५ लाखदेखि ५० लाखसम्म किनबेच हुन्छ । घरबेटीहरु घरभाडामा लगाएर महिनाको पचास हजारदेखि सात करोडसम्म उठाँउछन् ।
राज्यलाई सुक्को कर तिर्दैनन्, घरधनीहरु आफ्नो निजी सम्पत्ति हो भन्छन् । निजी सम्पत्ति हो भनेर भाडामा बस्नेलाई पनि ठगिरहेका छन् भने राज्यलाई पनि कर नतिरेर ठगिरहेका छन् । एउटा घर र जग्गामा गरेर २ करोडदेखि अर्बौं लगानी गरेका हुन्छन् । त्यसको पनि राजश्व तिर्दैनन् । महिना महिनामा भाडामा बस्नेसँग लिएको पैसाको पनि कर तिर्दैनन् । घरबेटीले भाडामा बस्नेसँग पैसा लिन्छ, तर बिल दिँदैनन् । घरबहालमा बस्ने मान्छेहरुलाई बुलाएर पनि बढी भाडा लिन्छन् । घरभाडामा लगाएपछि पानी, लुगा धोएर सुकाउन, घाम ताप्न पनि दिँदैन । बत्ति, पानी, फोहोरको पैसा सरकारले बनेको भन्दा दुई गुणा लिन्छन् ।
कोठामा बस्नेहरुको सामान्य खर्चमा भाडामा बस्नेले नै गनुपर्छ । कोठा छोडेर जाँदा रङ्ग पनि लगाई दिनुपर्छ । मोटरसाइकल, गाडी राखेको पनि महिना तीन हजारदेखि पाँच हजारसम्म लिन्छन् । बुढाबुढी, विद्यार्थी, एकल महिला, रोगी, ज्यालादारीलाई कोठा दिँदैन । घरबेटीहरुले सुकिला मुकिलाहरुलाई मात्र कोठा दिन्छन् । एउटा खाट नअट्ने चिसो कोठा हुन्छ । दिउँसो बत्ति बाल्ने अवस्था हुन्छ । त्यस्तो कोठामा बुढाबुढी बस्दा बाथको बिरामी हुन्छन् भने बालबच्चालाई निमोनिया हुन्छ । कोठामा भाडा बस्ने मान्छे बिरामी भयो भने घरधनी कोठामा मर्न दिँदैन कि बाटो निकाल्छ कि अस्पताल पठाँउछ ।
पुरानो भाडामा बस्ने मान्छेलाई निकालेर नयाँ मान्छेलाई महंगो भाडा कोठा, सटर, फ्ल्याट, लगाउँछन् । कति घरहरु भत्किन लागेका घरहरु पनि भाडामा लगाएका छन् । तीन तला घरको नक्सा पास गरेको हुन्छ, तर पाँच तला ठड्याउँछन् । बाटो मिचेर वा सरकारी जग्गा कब्जा गरेर घर बनाएको हुन्छ । घरबेटीले भाडामा बस्नेलाई शोषण र ठगिरहेका छन् । घरबेटीको विरोधमा वडा की चौकीमा गएर उजुरी दिने भन्ने कुरा घरवहालमा बस्ने मान्छेहरुलाई थाहा छैन । अहिले पनि घरधनीहरुले तल्लो जातीहरुलाई कोठा भाडामा दिँदैन । बिहान र बेलुका काम बाट फकिँदा ढिलो भयो भने गेट खोल्दैन । घरधनीहरुले कोठा भाडामा बस्नेहरुलाई कुनै पनि सहयोग गर्दैन ।
भाडामा बस्ने मान्छेहरु मान्छे नै होइनजस्तो व्यवहार गर्छन् घरबेटीहरु । घरबेटीको अगाडि सरकारले कहाँ छ । महानगरपालिका, गाउँपालिका, नगरपालिका, वडाहरुलाई कुन घरमा कत्ति वटा कोठा, सटर भाडा लगाएका छ, त्यो डाटा यिनै निकायहरुले संकलन गरेको छैन । मेयर, वडाध्यक्ष घरबेटी रिसाउँछ वा अर्को पटा चुनाव हारिन्छ भनेर कोठा, सटर, फ्ल्याटको घरभाडा निर्धारण पनि गर्न सकिँदैन र घरबवहाल कर पनि उठाउन सकिँदैन । जोखिमपूर्ण घरहरु भाडामा दिँदा भुइँचालो, हावाहुरीले गर्दा वहालमा बस्नेहरु मृत्यृ भइरहेको छ । अहिले घर धनीहरुले एकचोटी घर बनाइसकेपछि ५० बर्षसम्म सरकारले चेकजाँच गर्दैन ।
अब सरकारले ६–६ महिनामा घरहरुको चेक जाँच गर्नुपर्छ । घर बनाउँदा दिँदा खुला ठाउँ छोडेर मात्र घर बनाउन दिनुपर्छ । पैसा हुनेले १८ तलासम्म घर बनाएका छन् । पैसा नहुनेले एक तला बनाएर बसेको छन । कुनैले एक आना जग्गा कुनैले चार आना जग्गामा घर बनाएका छन् । शहरलाई सुन्दर व्यवीस्थत बनाउनुको साटो घरहरुले गर्दा शहर नराम्रो भएको छ । घरधनीहरुले खेतीयोग्य जमिन किन्ने घर बनाउने र भाडामा लगाउँछन् । सबैभन्दा बढि आम्दानी हुने राज्यलाई राजस्व पनि तिर्न नपर्ने भाडामा बस्नेलाई जति लुट्दा पनि हुने । घरबेटीहरुको लुटको धन्दा कहिले बन्द हुन्छ सरकार ?
उमेश थापा ।