सूचनाको शक्ति - The Power Of Information

        

कक्षा–१२ को परीक्षा आजदेखि

फाइल तस्वीर

कक्षा–१२ को परीक्षा आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले देशभर एकैसाथ परीक्षा सुरु हुने जनाएको छ ।

बिहान ८ बजेदेखि परीक्षा सुरु हुनेछ । बोर्डका अनुसार यो वर्ष करिब चार लाख १५ परीक्षार्थी सहभागी हुनेछन् । परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।

योपटक पनि परीक्षा सुरु हुनुभन्दा आधा घण्टाअघि अनलाइनबाट प्रश्नपत्र सम्बन्धित परीक्षा केन्द्रमा पठाइने बोर्डले जनाएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार ०७:४३