सूचनाको शक्ति - The Power Of Information

        

आर्थिक वर्ष २०७९/०८० को बजेट

सरकारले ल्यायो १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट (पूर्णपाठ)

सरकारले आउँदो आर्थिक वर्ष २०७९/०८० को लागि करिब १८ खर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

आइतबार बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले बजेटको आकारको जानकारी दिए । शर्माले आगामी आवको लागि ल्याएको बजेटले चालु खर्चमा ७ खर्ब ५३ अर्ब, ३ खर्ब ८० अर्ब पुँजीगत खर्चमा र वित्तीय व्यवस्थामा २ खर्ब ३० बजेट छुट्याएको छ ।

उनका अनुसार बजेट व्यवस्थापनका लागि १२ खर्ब ४० अर्ब राजश्वबाट उठाउने लक्ष्य राखिएको छ ।यस्तै वैदेशिक अनुदान ५५ अर्ब ४६ करोड निर्धारण गरिएको छ । यति हुँदा पनि अपुग हुने ४ खर्ब ५८ मध्ये वैदेशिक ऋणबाट २ खर्ब ४२ परिपूर्ति गर्ने बजेटले लक्ष्य लिएको छ ।

त्यसमध्ये चालुतर्फ सात खर्ब ५३ अर्ब ४० करोड, पुँजीगततर्फ तीन खर्ब ८० अर्ब तीन करोड, वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड र प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार खर्ब २९ अर्ब ८३ करोड बजेट विनियोजन गरेको उनले बताए ।

राजस्व १२ खर्ब ४० अर्ब ११ करोड, अनुदान ५५ अर्ब ४६ करोड, वैदेशिक ऋण दुई खर्ब ४२ अर्ब २६ करोड र आन्तरिक ऋण दुई खर्ब ५६ अर्ब लिइने मन्त्री शर्माले बताए ।

बजेटको पूर्णपाठ :

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतवार १९:५१