सूचनाको शक्ति - The Power Of Information

        

सुर्खेत र कैलालीमा जडीबुटी प्रशोधन केन्द्र स्थापना हुने

 सरकारले आगामी आर्थिक वर्षमा दुई स्थानमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ ।

सुदुरपश्चिम प्रदेशको अत्तरीया र कर्णाली प्रदेशको सुर्खेतमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ ।

२०७९/८० को बजेट भाषण मार्फत अर्थमन्त्री जर्नादन शर्माले उक्त कुरा बताएका हुन् ।

यस्तै सरकारले आगामि आर्थिक वर्षदेखि जडीबुटी खेतिको बीमा गर्ने व्यवस्था मिलाइने भएको छ ।

‘जडीबुटीको विशेषता र उपलब्धताको आधारमा प्रदेशस्तरमा जडीबुटी प्रशोधन उद्योग स्थापना गरिनेछ । सरकारको स्वीकृतिमा सबै किसिमका औषधिजन्य जडीबुटीको खेती गरी प्रशोधन एवं निर्यात गर्न आवश्यक व्यवस्था गरिनेछ। पहाडी र हिमाली भेगमा पाइने बहुमूल्य एवं बहुउपयोगी जडीबुटीहरुको प्रशोधन उद्योगलाई प्रोत्साहन गरिनेछ । सुदूरपश्चिमको अत्तरिया र कर्णालीको सुर्खेतमा जडीबुटीको प्रशोधन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइने व्यवस्था मिलाइएको छ । जडीबुटी खेतीको बीमा गर्ने व्यवस्था मिलाइएको छ,’ बजेट भाषणका क्रममा मन्त्री शर्माले भने ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतवार १८:५९