सूचनाको शक्ति - The Power Of Information

        

अब ६८ वर्षमै वृद्धभत्ता

अब ६८ वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई सरकारले वृद्धभत्ता दिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमा ६८ वर्षभन्दा माथि उमेर समूहका लागि वृद्धभत्ताको व्यवस्था गरिएको उल्लेख छ । यसअघि ७० वर्ष पुगेपछि मात्र वृद्धभत्ता पाउने व्यवस्था थियो ।

७० वर्ष उमेर पुगेको ज्येष्ठ नागरिकलाई हाल ४ हजार रुपैयाँ प्रदान गरिँदै आएको छ । त्यस्तै वृद्धभत्ता लिन नचाहनेहरुलाई सरकारले सम्मान दिने भएको हो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतवार १७:४८