सूचनाको शक्ति - The Power Of Information

        

मन्त्रिपरिषदबाट पारित भयो बजेट

सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको छ ।

आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट पारित गरेको कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्र राय यादवले जानकारी दिए ।

आज संसद्को दुवै सदनका संयुक्त बैठकमा बजेट प्रस्तुत गरिँदैछ । अहिले अपराह्न ४ बजे बस्ने संसद् बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्नेछन् । बैठकले अर्थमन्त्री शर्मालाई बजेट प्रस्तुत गर्न स्वीकृति प्रदान गरेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतवार १५:५३