सूचनाको शक्ति - The Power Of Information

        

समाचार

बेपत्ता भएको तारा एयरका पाइलटको मोबाइल फोन ‘अन’

चालक दलका तीन सदस्यसहित पोखराबाट १९ यात्रु बोकेर जोमसोमका लागि ९ः५५ मा उडेर दुर्घटनामा परेको तारा एयरको जहाज ।

पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको सम्पर्कविहीन जहाजका पाइटल प्रभाकर घिमिरेको मोबाइल फोन लागेको छ । तर, उनको फोन ‘रिसिभ’ भएको छैन ।

प्रहरीका उच्च अधिकारीका अनुसार तीन पटकसम्म पाइलट घिमिरेको मोबाइल नम्बरमा घण्टी गएको छ । प्रहरीका अनुसार सो मोबाइलको लोकेसन मुस्ताङको थासाङ क्षेत्रमा देखिएको छ ।

सोही क्षेत्रमा खोजी कार्यका लागि सुरक्षाकर्मीको टोली जाँदैछ । ताराको ट्विनअटर नाइन एन एइटी जहाज मुस्ताङमा अवतरणको समय नजिक आज बिहान १० बजेर ७ मिनेटमा जाँदा सम्पर्कविहीन भएको थियो ।

जहाज पोखराबाट जोमसोमका लागि बिहान ९ बजेर ५५ मिनेटमा उडेको थियो । जहाजमा चालक दलका सदस्यसहित २२ जना सवार छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतवार १४:३०