पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको पोखरा विमानस्थालका प्रवक्ता देवराज सुवेदीले जानकारी दिए ।
उनकाअनुसार करिब ३५ मिनेटदेखि उक्त विमान सम्पर्कमा आएको छैन । जहाजमा १३ नेपाली, चारजना भारतीय र थप दुईजना अन्य मुलुकका यात्रु रहेको यति एयरलाइन्सले जानकारी दिएको छ ।
विमानमा चालक दलका तीन जनासहित २२ जना सवार थिए । बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट उक्त जहाज मौसम राम्रो नभएकै बेला उडेको थियो । नाइन एन एईटी कलसाइनको उक्त जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए ।
को-को थिए यात्रु ?
१. वाजभवी बन्देकर
२. इन्द्रबहादुर घले
३. पुरुषोत्तम घले
४. राजनकुमार घले
५. वसन्त लामा
६. गणेश नारायण श्रेष्ठ
७. रविना श्रेष्ठ
८. रष्मी श्रेष्ठ
९. रोजिना श्रेष्ठ
१०. प्रकास सुनुवार
११. मकरबहादुर तमाङ
१२. राममाया तमाङ
१३. सुकुमाय तामाङ
१४. तुलसादेवी तमाङ
१५. अशोककुमार त्रिपाठी
१६. धनुष त्रिपाठी
१७. रितिका त्रिपाठी
१८. युडब्लुई विल्नर
१९. मेइके ग्रिट ग्राफ
चालक दलको सदस्यमा
१. क्याप्टेन प्रभाकर प्रसाद घिमिरे
२. को–पाइलट उत्सव पोखरेल
३. एयर होस्टेज किस्मी थापा
सत्यपाटी । काठमाडौं ।