सूचनाको शक्ति - The Power Of Information

        

समाचार

तारा एयरको विमान खोज्न फिस्टेल हेलिकोप्टर पठाइयो

चालक दलका तीन सदस्यसहित पोखराबाट १९ यात्रु बोकेर जोमसोमका लागि ९ः५५ मा उडेर दुर्घटनामा परेको तारा एयरको जहाज ।

१९ यात्रु बोकेर उडेको तारा एयरको सम्पर्कविहीन ट्विनअटर जहाज खोज्न फिस्टेल एयरको हेलिकोप्टर पठाइएको छ ।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार सम्पर्कमा नरहेको जहाज खोज्नका लागि फिस्टेल एयरको हेलिकोप्टर प्रयोग गरिएको छ ।

उनले तारा ९एन एईटी कल साइन भएको जहाज सम्पर्कमा नरहेको बताएका हुन् । पोखराबाट १९ यात्रु बोकेर जोमसोम उडेको तारा एयरको जहाज आधाघण्टादेखि सम्पर्कविहीन भएको छ ।

प्रहरी स्रोतले दिएको जानकारीअनुसार जहाज पोखरा विमानस्थलबाट ९ः५५ मा उडेको थियो भने अवतरण समय १०ः१५ मा थियो । १०ः३५ सम्म जहाज घोडेपानी भन्ने स्थानसम्म सम्पर्कमा रहेको प्रहरी स्रोतले जानकारी दियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतवार ११:१२