सूचनाको शक्ति - The Power Of Information

        

समाचार

१९ यात्रु बोकेको तारा एयरको जहाज सम्पर्कविहीन

चालक दलका तीन सदस्यसहित पोखराबाट १९ यात्रु बोकेर जोमसोमका लागि ९ः५५ मा उडेर दुर्घटनामा परेको तारा एयरको जहाज ।

पोखराबाट १९ यात्रु बोकेर जोमसोम उडेको तारा एयरको जहाज आधाघण्टादेखि सम्पर्कविहीन भएको छ ।

प्रहरी स्रोतले दिएको जानकारीअनुसार जहाज पोखरा विमानस्थलबाट ९ः५५ मा उडेको थियो भने अवतरण समय १०ः१५ मा थियो ।

१०ः१० सम्म जहाज घोडेपानी भन्ने स्थानसम्म सम्पर्कमा रहेको प्रहरी स्रोतले जानकारी दियो । त्यसपछि भने जहाज सम्पर्कमा छैन ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतवार ११:१०