सूचनाको शक्ति - The Power Of Information

        

२० लाख खर्च गरेर मानिस कुकुर बने (भिडियोसहित)

संसारमा यस्ता धेरै व्यक्ति छन् जो आफ्नो अनौठो कर्मका कारण चर्चामा आउने गर्छन् । यस्तै एउटा अनौठो घटना जापानबाट आएको छ, जहाँ एक व्यक्तिको कुकुर बन्ने शौकले सबैलाई चकित बनाएको छ । टोको नामका जापानका यी मानिस अहिले कुकुर बनेका छन् ।

मानिसबाट कुकुर बनेका टोकोले पनि सामाजिक सञ्जालमा केही तस्बिर सेयर गरेका छन् । जसको धेरै चर्चा भइरहेको छ । वास्तवमा, जापानमा बस्ने यी व्यक्तिको बाल्यकालदेखि नै कुकुरको जीवन जिउने सपना थियो । जापानको एक व्यावसायिक एजेन्सी जेप्पेट वर्कशप कम्पनीले टोकोलाई कूली, कुकुरको नस्लमा परिणत गरेको छ ।

यी व्यक्तिलाई कुकुर बन्न यतिधेरै मन लाग्यो कि त्यसका लागि २० लाख युआन (लगभग २० लाख रूपैयाँ) खर्च गरे । यतिधेरै पैसा लिएर ती व्यक्तिले यस्तो पोशाक बनाए, जसमा उनी ठ्याक्कै कुकुरजस्तै देखिन्छन् । यो पोशाकमा उनलाई चिन्न धेरै गाह्रो छ । पोशाक बनाउन करिब ४० दिन लाग्यो ।

मानिस र कुकुरमा धेरै भिन्नता भएकाले यो पोशाक बनाउन निकै मेहनत गरेको कम्पनीले जनाएको छ । टोको यो पोशाक लगाएपछि उनी कुकुर जस्तो देखिन चाहन्थे । जापानी सञ्चारमाध्यमले उनलाई कुली प्रजातिकै कुकुर बन्न किन रोजेको भनेर सोधेका थिए । जसको जवाफमा उनले कुली आफ्नो मनपर्ने र सबैभन्दा प्यारो कुकुर भएको बताए ।

‘लामो कपाल भएका कुकुरहरूले मानव आकार लुकाउन सक्छन्, त्यसैले मैले कुली रोजें,’ उनले भने । यसको पोशाक पनि पूर्ण रूपमा मौलिक देखिन्थ्यो । साक्षात्कारकर्ताले सोधे, के तपाई आफ्नो हात र खुट्टा राम्ररी चलाउन सक्नुहुन्छ ? टोकोले भने, ‘केही बाधाहरू छन्, तर हात खुट्टा सार्न सक्छु, यद्यपि यदि तपाईंले आफ्नो हात र खुट्टा धेरै हलाउनुभयो भने, यो कुकुरजस्तो देखिँदैन ।’

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतवार ०९:३९