तलब भत्ता नपाएको भन्दै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सक तथा कर्मचारी पुनः आन्दोलनमा उत्रिएका छन् ।
चार महिनादेखिको तलब भत्ता नपाएको गुनासो गर्दै उनीहरू पुनः आन्दोलनमा उत्रिएका हुन् । पहिलो दिन बिहीबार उनीहरूले अस्पताल प्रशासन अगाडि एक घण्टा धर्ना दिएका थिए ।
बिहान ९ बजेदेखि १० बजेसम्म हातमा कालो पट्टी बाँधेर उनीहरूले धर्ना दिएका हुन् । नेपालगन्ज मेडिकल कलेज प्राध्यापक परिषद्को अगुवाइमा आन्दोलन थालिएको परिषद्का अध्यक्ष डा.विनोद महासेठले बताए ।
अस्पतालका चिकित्सक तथा कर्मचारीले मासिकरूपमा पाउनुपर्ने तलब सेवा माघ महिनादेखि नपाएको र प्रोत्साहन भत्तासमेत रोकिएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको अध्यक्ष महासेठले बताए ।
‘अस्पतालजस्तो संवेदनशील क्षेत्रमा आन्दोलन गर्नु रहर हुँदै होइन परिषद्का अध्यक्ष महासेठले भने, ‘अस्पताल प्रशासनले तलब भत्ता नै नदिएपछि के गर्नु ?’
सत्यपाटी । बाँके ।