सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ गरेका छन् ।
श्रीमती हत्याको अभियोगमा जन्मकैदको सजय काटिरहेका कोइराला सर्वोच्च अदालतले कैद कटाएपछि ८ साउन २०७७ मा छुटेका थिए ।
तर सर्वोच्चको बृहत पूर्ण इजलासले फैसला उल्टाउँदै बिहीबार मात्र जन्मकैदकै सजाय हुने फैसला सुनाएको थियो ।
अदालतको आदेश आएको भोलिपल्ट कोइराला पक्राउ परेका हुन् । उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी बसन्तबहादुर कुँवरले कोइराला पक्राउ परेको पुष्टि गरे ।
सत्यपाटी । काठमाडौँ ।