पछिल्लो समय सहकारीहरुको स्थिति एकदमै नाजुक बनेको छ । सहकारीमा जम्मा गर्ने ठप्प हुँदा घरभाडा तिर्ने र कर्मचारीहरुलाई तलब खुवाउन पनि हम्मेहम्मे भइरहेको बुझिन्छ । कति सहकारीहरुले कर्मचारीहरुलाई तीन–चार महिनादेखि तलब नै दिएका छैनन् । ६ महिनादेखि घर भाडा तिर्न नसकेको अवस्था छ । यता, डिपोजिटकर्ताहरु आफनो बचत रकम निकाल्न जाँदा सहकारीका अध्यक्ष भेटिँदैनन् । एकपटक होइन, पटकपटक धाउँदा पनि अध्यक्ष नभएको सर्वसाधारणको भनाइ छ । आफुले रगत पसिना चुहाएर कमाएको सम्पत्ति कतै डुब्ने हो होइन भन्ने त्रास सबैमा देखिएको छ । बचतकर्ताको भोक र तिर्खा दुवै मेटिसकेको छ ।
अहिले कतिपय सहकारीहरु बन्द भइसकेका छन् भने कति बन्द हुन तम्तयार भएका छन् । २५ जना मिलेर खोलेको सहकारीमाथि अन्धधुन्ध भएर विश्वास गर्दा यस्तो अवस्था सिर्जना भएको हो । जनताले बुझ्दै नबुझी पैसा राखेको प्रतिफल हो यो । सहकारी संस्था कस्तो व्यक्तिले दर्ता गरेका छन् र कस्तो व्यक्ति सञ्चालक समितिमा बसेको छ भनेर सोच्दैनसोची व्याज र कर्जा पाउने लोभमा जनताहरु फसेका छन् । सहकारीहरु यति टाट पल्टिसकेको छ कि कर्जा ठ्याक्कै बन्दै गरेको छ । आफैले राखेको पैसा निकाल्न सकस परिरहेको छ । सहकारीले भाका फेर्दै बचतकर्तालाई अल्मल्याउने काम गरिरहेको छ । व्याज चाहिँदैन साहु मात्र फिर्ता मग्दा पनि दिँदैनन् । सहकारीहरुले लाखौं मानिसहरुलाई डुब्न बाध्य बनाएको पाइन्छ ।
सहकारीले गर्दा सिधासाधी जनताहरु खबौं रुपैंया रकम डुब्ने अवस्था पुगेको छ । सहकारी विभाग कमिशन खाएर कानमा तेल हालि मस्त निद्रामा परेको छ । सहकारीहरुले सेयर, घरजग्गा, निजी नम्बर प्लेट गाडीहरुमा लगानी गर्दा नै डुबेको ठहर गरिएको छ । हिजो सहकारीको चेयरमान, अध्यक्ष, लोन अधिकृतहरुले कमिशन खाएर यी क्षेत्रमा कर्जा प्रवाह गरे । एक करोडको लोन प्रवाह गर्दा संस्थाको चेयरमान, अध्यक्ष, लोन अधिकृतहरु मिलेर दश लाखसम्म घुस खान्थे । अनि धितो राख्थे र लोन पर्वाह गर्दथे । यसबाट सहकारीलाई फाइदै फाइदा । लोन दिँदा ३ प्रतिशत सेवा शुल्क पनि पाउने, २१ प्रतिशतसम्म व्याज पनि पाउने । सहकारीमा दैनिक रकम बचत गर्नेहरुले २ प्रतिशत पनि व्याज पाउँदैनन् । महिना नमरिकन व्याज दिँदैनन् ।
सहकारीबाट कर्जा लिएका मानिसहरुले कर्जा लिएको दिनको पनि व्याज तिर्नुपर्छ भने कर्जा चुक्ता गर्ने दिनको पनि व्याज तिर्नुपर्छ । यसलाई के भन्ने ? हाम्रो राख्दाचाहि केही नदिने उनीहरुको लिँदा पनि भयभरको हुदा नखादोको प्रोसेस पुरा गर्नुपर्ने ? बेलामा किस्ता तिरेन बने जरिवाना र हर्जाना दुवै तिनुपर्छ । सहकारीबाट कर्जा लिने मानिस कंगाल हुन्छ । सहकारीको कर्मचारी र सञ्चालक जुगा मोटाएझैं मोटाएका छन् । सहकारी भनेका ठग र लुट संस्था हो । कति सहकारीबाट लिएको कर्जाको व्याज हिसाब गर्ने हो भने ४३ प्रतिशत पर्न जान्छ । सहकारी भनेको सिधासाधी जनताहरुलाई खोलेको संस्था हो ।
तर, सहकारीमा भ्रष्टाचारी नेता, सरकारी कर्मचारी, ठेकेदारले कमाएका पैसाहरु लगानी गर्ने ठाउँ खोलेका हो । यो जनतालाई सेवा दिने नाममा लुट्ने मात्र काम गर्छ । सहकारीहरुले मिटर व्याजमा पैसा लगानी गर्ने गरेको पाइन्छ । त्यसकारणले गर्दा सहकारीमा दैनिक पैसा राख्ने ग्राहकहरुले कर्जा पाउँदैन । यता, सहकारी विभाग ५१ प्रतिशत सहकारी भएका पैसा कृषिमा लगानी गर्नुपर्छ भनेर नियम बनाउछ । कानुन चाहि यसो भन्ने तर कार्यान्वयनमा कहिले जाने ? अझै पनि पसल, सेयर, घरजग्गा, निजी गाडीमा मात्रै लगानी गर्ने गरेको पाइन्छ । उब्जनीयुक्त र कृषि क्षेत्रमा लगानी गर्न चाहँदैनन् । सहकारी विभाग अनुगमन गर्न चासो देखाउँदैनन् ।
यी संस्थाले गर्ने वार्षिक साधारणसभामा सरकार पक्षलाई देखाउने कागज एउटा र भित्री कारोबार गर्ने कागज अर्को हुन्छ । सहकारीहरु च्याउ उम्रेझैं उम्रिरहेका छन् । एउटै घरमा ६ देखि ७ वटा सहकारी सञ्चालित छ । सहकारीहरुले बजारबाट बढी व्याज दिन्छु भनेर आफनो संस्थामा पैसा जम्मा गर्न लगाइरहेको छन् । सहकारीमा डिपोजिट गर्ने मानिसहरुले हामीलाई यत्रो व्याज दिन्छ तर यसले कहाँ लगानी गरेर नाफा कमाँउछ ? कसैले सोचेका छन् ? कसैले आजसम्म प्रश्न गरेका छन् ? साहुभन्दा व्याजको लोभमा फस्ने हामी नेपालीको प्रवृत्ति छ । सरकारी बैंङकले ११ं प्रतिशत दिन्छ तर हामीलाई पुग्दैनन् । कर्मशियल बैंङकले १४ प्रतिशत र सहकारीहरुले १८ देखि २० प्रतिशतसम्म व्याज दिन्छु भनेर पैसा राखेको पाइन्छ ।
कानुनमा यत्रो व्याज दिएर पैसा डिपोजिट लिन पाइँदैन । सहकारी विभागले कर्जा लगानी गर्दा १६.३ प्रतिशतभन्दा बढि व्याज लिएर कर्जा प्रवाह गर्ने पाउँदैन भनेर भनेको छ । सेवा शुल्क १ प्रतिशतभन्दा बढि लिन पाउँदैन भन्ने नियममा उल्लेख छ । सहकारीमा खाता खोलेर पैसा राख्ने मानिस मर्योे भने तिनको आफन्तलाई जानकारी गराउँदैन । थाहा पाएर गयो भने पायो नत्र भने सहकारी आफैंले खाइदिन्छ । सहकारीमा एक लाखदेखि पाँच लाखसम्म मुद्दी खातामा रकम जम्मा गर्यो भने साधारण सभामा दोसल्ला ओडाउँछन् । यता, सहकारीका बजार प्रतिनिधिहरुले ६–७ हजार तलब पाउँछन् । अध्यक्ष र चेयरम्यानले महिनाको ५० देखि तीन लाखसम्म तलब खान्छन् । दश हजार जम्मा गर्छु भन्यो भने घरमै लगानी गर्दछन् ।
जनताको पैसा लिने बेला के दिन्छ ? एउटा कागजात ? तर, कर्जा लिने मान्छेलाई बिना धितो कर्जा दिँदैनन् । सहकारीहरुले नाफा हुने मात्र ठाउँ खोजेर लगानी गर्छ तर आफनो देशमा केही गर्छु भनेर कर्जा माग्यो भने बिना धितो दिँदैन । खाडी मुलुक जानेहरु अहिले पनि साहु महाजनसँगै महंगो व्याज तिरेर जान बाध्य भएका छन् । एक लाखको पाँच हजारदेखि दश हजारसम्म व्याज तिरेर । सहकारीहरुले सानो उद्योग, व्यवसायी, कृषि वा अन्य व्यवसायी गर्छुभन्दा धितो बिना कर्जा दिँदैनन् । पछिल्लो समय सहकारीहरुमा व्यक्तिहरुले पैसा राख्न र खाता खोल्न छोडिसकेका छन् । सहकारीमा खाता भएकाहरुले पैसा निकाल्ने र खाता बन्द गर्ने संख्या ह्वात्तै बढेको छ । ६ महिना अगाडि एउटा बजार प्रतिनिधिले बजारबाट एक दिनमा तीनलाख देखि चारलाख उठाँउथ्यो भने अहिले एक दिनमा पाँचदेखि दश हजार पनि उठ्न छोडेको बताउँछन् ।
व्यापारीहरुले पनि रित्तो भइसकेका छन् । अबको एक बर्षमा ९५ प्रतिशत सहकारीहरु भाग्छन्् वा डुब्छन् भनेर अर्थविद्हरु बताउँछन् । अहिले वित्तिय संस्थाहरुमा तरलता बढ्दो छ । अहिले मानिसहरुसँग भएको पैसा घरमै राख्छन् । सरकारले पाँचसय र एक हजार को नोटमा प्रतिबन्ध लगाउँछ भन्ने शंका गर्न थालिसकेको छ । सरकारले दुई हजारको नयाँ नोट निकाल्छ भनेर जनताहरुले आफैंसँग भएको पैसा घरमै राखेको छ । कति सहकारीहरुले कर्जा चुक्ता गर्दा पनि धितो फुकुवा गर्ने सकेको छैन । ६ महिना अगाडि दुई हजार रुपैंया कित्तामा किनेको सेयर मूल्य घटेर दुईसयमा बेच्छुभन्दा पनि किन्ने मान्छे छैनन् । सेयर र जग्गामा लगानी गर्ने पनि भागाभाग भइसकेका छन् ।
उमेश थापा ।