यतिखेर सामाजिक सञ्जालमा बुद्ध एयर ‘मानवता हराएको विमान कम्पनी’ भनेर आलोचना हुन थालेको छ । यस्तो आलोचना त्यस्तै भएको हैन ।
हिजो काठमाडौंबाट ३ बजेपछिका उडान श्री एयरलाइन्स र बुद्ध एयरका उडान बेमौसमीका कारण सबै उडानहरु डिले भएर राती ७ः३० बजेदेखि १० बजेसम्म उडान भएका थिए ।
आगाले जलेर घाइते बाजुराकी लोकश्वरी कुवरलाई धनगढीबाट काठमाडौं जहाजले ल्याउन मानेन । हिजो साझ ६ बजे बुद्व एयरको टिकट लिएकी थिइन् ।
जहाजको डिले फलाइट भएर धनगढी एयरपोर्टमा राति ९ बजेपछि मात्र पुग्यो । बिरामीलाई बोडिङ्गसम्म गर्न लगाए, तर अन्त्यमा बुद्व एयरका कर्मचारी र पाइलटले बिरामी लिदैनौं भनेर एयरपोर्टबाट फिर्ता गराए ।
चिकित्सकले जहाज चढ्न मिल्छ भनेर सिफारिस गर्दा पनि बुद्व एयरले मनोमानी गरेर लिन मानेन । जहाज लिने भनेपछि बिहान धनगढी पुगेको बिरामी धनगढी राखिएको थियो ।
जहाजले नलिएपछि एयरपोर्टबाट राती १० बजे फिर्ता गरियो । बिरामीका श्रीमानले बुद्व एयरका पाइलट र कर्मचारी टिमलाई राति १० बजेसम्म धेरै अनुरोध गर्दा पनि बिरामीलाई लिन मानेन ।
कस्तो अचम्म बिरामी अशक्त र ईमर्जेन्सी उपचार गर्ने खालका मानिसलाई लिन किन मानेन । अनि यो कस्तो खाले नियम रहेछ, यो प्राइभेट सेवाको दादागिरी हो वा के हो ?
बिरामी लिन पावर चाहिने हो वा गरिबी बिरामीलाई लिन नमान्ने हो । एयरपोर्टमा कुराएर अन्तिममा नलिनु भनेको मानवता पनि नभएको हो ।
अर्थजङ शाही । बझाङ ।