सूचनाको शक्ति - The Power Of Information

        

बाजुराका सिडिओ र दुई डिएसपी कारबाहीमा

निष्पक्षताका साथ स्थानीय तहको निर्वाचन गराउन नसकेको आरोपमा बाजुराका सिडिओ र दुई डिएसपीलाई कारबाही हुने भएको छ ।

निर्वाचन आयोगले सिडिओ उपेन्द्रराज पौडेल, नेपाल प्रहरीका डिएसपी चर्तुभुज ओझा र सशस्त्र प्रहरीका डिएसपी दीपक बिष्टलाई कारबाही सिफारिस गरेको छ ।

बुढीगंगा नगरपालिकामा मतदानस्थल नै छाडेर सुरक्षाकर्मी हिँडेका थिए । जसकारण त्यहाँ बुथकब्जा भएको थियो । त्यसमा सिडिओ र प्रहरीको असक्षमता प्रमुख कारण भएको भन्दै उनीहरुलाई निर्वाचन कानून अनुसार कारबाही गरी हटाउन आयोगले सिफारिस गरेको थियो ।

उनीहरुलाई हटाएर नयाँ प्रमुख पठाएर बुढीगंगा नगरपालिकामा फेरि मतदान गराउने निर्णय निर्वाचन आयोगले गरेको छ । त्यहाँ एमाले कार्यकर्ता हतियारसहित मतदान केन्द्रमा पुगेर बुथ कब्जा गरेको आरोप अन्य दलले लगाएका छन् ।

एमाले नेता कर्ण थापाले त्यसरी बुथ कब्जा गरेका थिए । निर्वाचन आयोगले गरेको छानबिनमा मृत्यु भइसकेका व्यक्तिको नाममा समेत मतदान गरिएको खुलेको थियो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार ०८:४९