सूचनाको शक्ति - The Power Of Information

        

अर्घाखाँचीमा चितुवाको आक्रमणमा परि ७ वर्षीय बालककाे ज्यान गयाे

अर्घाखाँचीको वाङ्लामा चितुवाको आक्रमणबाट ७ वर्षीय सम्राट नेपालीको ज्यान गएको छ ।

गुल्मीको रेसुङ्गा घर भइ अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–४ वाङ्ला मामाघर बस्ने सम्राटको चितुवाको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो ।

वाङ्लाको अमलडाँडामा रहेको भगवती आधारभूत स्कुलमा दुई कक्षामा अध्ययनरत उनलाई स्कुल गएर फर्किएपछि खाजा खाएर खेल्न गएका बेला चितुवाले आक्रमण गरेको थियो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार ०८:३५