सूचनाको शक्ति - The Power Of Information

        

पल शाहलाई धरौटीमा छाड्ने/नछाड्नेबारे सुनुवाइ हुँदै

बलात्कार आरोपमा पुर्पक्षमा रहेका कलाकार पल शाह (पूर्णविक्रम)लाई धरौटीमा छाड्ने बारेको मुद्दामा सुनुवाइ हुँदैछ।

धरौटीमा रिहा हुन पाउँ भन्दै शाहले दिएको रिट निवेदनमा आज बिहीबार उच्च अदालत पोखरामा सुनुवाइ हुँदैछ।

तनहुँ जिल्ला अदालत र नवलपरासी जिल्ला अदालतको आदेशले बलात्कार मुद्दामा पुर्पक्षमा रहेका शाहले धरौटीमा रिहा हुन पाउँ भन्दै रिट निवेदन दिएका थिए।

शाहलाई धरौटीमा छाड्ने/नछाड्ने भन्नेबारे बिहीबार उच्च अदालत पोखरामा सुनवाइ हुने भएको हो। एक नाबालिक गायिकालाई बलात्कार गरेको आरोपमा शाह प्रहरी हिरासतमा पुगेका थिए।

त्यसपछि उनलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको थियो। तर, पछि पीडित भनिएकी बालिका उनका अभिभावकले बलात्कार नभएको भन्दै अदालतमा बयान फेरेपछि उक्त घटनाले नयाँ ट्विस्ट लिएको थियो।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार ०८:०६