रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाण विजयी हुनुभएको छ ।
उहाँले नेकपा एमालेका उम्मेदवार मोहन चापागाईँलाई पराजित गर्नुभयो ।
खाणले २४ हजार ३ सय ९६ र चापागाईँले २३ हजार ६ सय ३१ मत प्राप्त गर्नुभयो । उपमेयरमा नेकपा एमालेकी जगेश्वरीदेवि चौधरी विजयी हुनुभएको छ ।
उहाँले २३ हजार ८६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका हेमन्त पाण्डेले ११ हजार ५ सय ४६ मत ल्याउनुभयो ।
मेयरमा निर्वाचित रामकृष्ण खाण गृहमन्त्री बालकृष्ण खाणका भाइ हुनुहुन्छ ।
सत्यपाटी । काठमाडौँ ।