सूचनाको शक्ति - The Power Of Information

        

बर्दियामा छुट्टा–छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, गुलरिया–नेपालगञ्ज सडक अवरुद्ध

 जिल्लामा भएका छुट्टा–छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मधुवनमा विद्युत प्राधिकरणको लापरबाहीका कारण करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विद्युतको पोलबाट लत्रिएको तारमा परेर मधुवन नगरपालिका–४ सिमलपुर निवासी बलबहादुर बंशी मगरको मृत्यु भएको हो ।

करेन्ट लागेर ढलेका मगरलाई उपचारको लागि जिल्ला अस्पताल बर्दिया लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

एक हप्ताअघि नै तार लत्रिएकोबारे प्राधिकरणलाई जानकारी दिएपनि गुनासो सम्बोधन नगर्दा दुर्घटना भएको स्थानीयको गुनासो छ ।

यस्तै, गुलरियाको विद्युत् प्राधिकरणको गाडीको ठक्करबाट ११ वर्षका लवकुश यादवको मृत्यु भएको छ । बालकको मृत्युपछि स्थानीय र आफन्तले गुलरिया नेपालगञ्ज सडक अवरुद्ध पारेका थिए ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहीबार १८:१७