सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय निर्वाचनमा देशभर कति जनप्रतिनिधि निर्वाचित भए ? (सूचीसहित)

स्थानीय तह निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ। अब चार पालिकाको अन्तिम मत परिणाम आउन बाँकी छ ।

अब काठमाडौं महानगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका, उदयपुरको त्रियुगा नगरपालिका र बाजुराको बुढीगंगा नगरपालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

बुढी गंगामा मतगणना अझै सुरु भएको छैन भने अन्य ठाउँको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार ३५ हजार २२१ जनप्रतिनिधि मध्ये हालसम्म ३४ हजार ८८८ जनप्रतिनिधि चुनिसकेका छन् । अब केही जनप्रतिनिधि मात्रै चुनिन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

कुन प्रदेशमा कति जनप्रतिनिधि चुनिए हेर्नुहोस् :

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहीबार ११:३७