काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।
एक लाख ६६ हजार ३१३ मतगणना हुँदा बालेनको पक्षमा ५४ हजार २१३ मत खसेको छ । दोस्रो स्थानमा उनलाई पछ्याइरहेकी नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले ३४ हजार १८० मत प्राप्त गरेकी छन् ।
तेस्रो स्थानमा रहेका एमालेका मेयर उमेदवार केशव स्थापितको पक्षमा ३३ हजार ६०९ मत खसेको छ । यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले पनि ६० हजार ६७५ मतसहित अग्रता कायम राखेकी छन् ।
उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजावदी)का रामेश्वर श्रेष्ठले २० हजार ६८६ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिनिता मगैयाले १० हजार ६१० मत पाएकी छन् । हालसम्म १ लाख ६६ हजार ३१३ मतगणना भएको छ ।
सत्यपाटी । काठमाडौं ।