सूचनाको शक्ति - The Power Of Information

        

बाँके कांग्रेस सभापति गौडेलले दिए निर्वाचित जनप्रतिनिधीलाई शुभकामना

स्थानीय तहको निर्वाचनमा बाँकेका ८ वटै पालिकामा नेपाली कांग्रेस तथा सत्तारुढ दलहरुको चुनावी गठबन्धनका तर्फबाट नवनिर्वाचित जनप्रतिनिधीलाई बाँके कांग्रेस सभापति नारायणप्रसाद गौडेलले बधाई तथा शुभकामना दिएका छन् ।

सभापति गौडेलले एक विज्ञप्ती जारी गर्दै स्थानीय तहको प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष सहित वडा अध्यक्ष र सदस्यलाई बधाई तथा शुभकामना दिएका हुन् ।

पार्टीबाट टिकट प्राप्त गरी निर्वाचनमार्फत जनताबाट अनुमोदन भएका जनप्रतिनिधी जनआकांक्षालाई केन्द्रविन्दुमा राखेर उत्कृष्ट कार्यसम्पानदमा लाग्नेमा उनले विश्वास लिएका छन् ।

पार्टीको शिर सदैव उँचो हुने गरी काम गर्दै जनतामा आशा र भरोसा जगाउने कर्ममा लाग्न सबै नवनिर्वाचित जनप्रतिनिधिलाई हार्दिक गौडेलले आब्हान गरेका छन् ।

निर्वाचन प्रक्रियामा सहभागी भई सफलता हासिल गर्न नसकी उपविजेता बनेका सबैलाई उच्च मनोवलका साथ जनतासँगको साक्षात्कारमा सँग-सँगै रहँदै संगठन निर्माण र जनताका पीरमर्का र समस्यामा हातेमालो गर्न आग्रह गरेका छन् । भविष्यमा सफलता हासिल गर्ने अठोट लिएर अगाडि बढ्न आह्वान पनि गरेका छन् ।

Press Bigepti Banke Congress1653393956.jpg

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार १९:२५