सूचनाको शक्ति - The Power Of Information

        

लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

बाँके प्रहरीले लेनदेन मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

जानकी गाउँपालिका वडा नं. १ बस्ने वर्ष ३८ को राजेश कुमार श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेको हो ।

लेनदेन मुद्दामा बाँके जिल्ला अदालतले २०७८ फागुन १३ गते गरेको फैसलाले १ बर्ष कैद तोकिएका श्रीवास्तव हालसम्म फरार रहँदै आएका थिए ।

प्रहरीले उनलाई पक्राउ गरी मंगलबारनै बाँके जिल्ला अदालतमा बुझाएको जनाएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार १९:१९