सूचनाको शक्ति - The Power Of Information

        

न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा भेरी अस्पताल फेरी उत्कृष्ट

न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा नेपालगन्जस्थित भेरी अस्पताल यो वर्षपनि संघीय अस्पतालहरुमा सबैभन्दा उत्कृष्ट बनेको छ ।

स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले गर्ने देशभरीका विभिन्न अस्पतालहरुको मूल्याङ्कनमा भेरी अस्पताल उत्कृष्ट ठहर भएको हो ।

मूल्याङ्कनका क्रममा अस्पताहरुको लेखा प्रशासन, अस्पताल भित्र चल्ने क्लिनिकल सर्भिस, सपोर्ट सर्भिस, व्यवस्थापन पक्षलगायत सबै प्रकारको अवस्था हेरेर मूल्याङ्कन गरिन्छ ।

मूल्याङ्कनका लागि मन्त्रालयको सहसचिवको टोलीनै अस्पतालमा आउने गरेको छ । त्यसैका आधारमा अंक दिने गरिएको छ ।

आर्थिक वर्ष ०७८/७९ मा भेरी अस्पतालले ६७ अंक प्राप्त गरेको अस्पताललका मेसु डा. वीरेन्द्रबहादुर चन्दले बताए ।

गएको वर्ष पनि भेरी अस्पताल ६१ अंक लिएर संघीय अस्पतालहरुमा उत्कृष्ट बनेको थियो । रेफरल अस्पतालकारुपमा रहेको भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकै भरोसाको केन्द्र मानिन्छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार १९:१६