आयल निगम घाटा गएर टाट पल्टिसकेको छ । घाटा सहन नसकेर निगमले हात उठाइसकेको छ । सञ्चित कोष खाली भएर आयल निगम सरकारको सामु हात फैलाउँछ । इन्धन किनेको पैसा चुक्ता गर्ने सकेको छैन । ऋणको खोजीको हिँडिरहेको आयल निगम ।
पछिल्लो समय बढ्दो इन्धनको मूल्यले सर्वसाधारणको ढाड सेकेको छ । नेपाल आयल निगमले महिनैपिच्छे इन्धनको मूल्य बढाउने गरेको छ । बढेको इन्धनको मूल्यपछि जनताको भान्सा महंगो हुने निश्चित देखिएको छ । पेट्रोल र डिजेलको मूल्य बढ्नेबित्तिकै यातायात व्यवसायी सार्वजनिक सवारी साधनको भाडा बढाउन दबाब दिन्छन् । नेपालीको पेट भर्ने खाद्यान्न सबै बाहिरबाट आउछ । ढुवानी भाडा नै मँहगो भएपछि सामानको मूल्य बढ्नु स्वाभाविकै हो । तर, कामदारहरुको तलब बढ्दैन । तलब बढाउन भन्यो भने बेरोजगारी भएर बस्नुपर्ने बाध्यता छ । नेपाल सरकारले हरेक कामदारको न्युनतम तलब १५ हजार तोकेको छ ।
विडम्बना, कामदारहरु महिनाभर पाँचदेखि सात हजारमा काम गरिरहेका छन् । कुनै निजी संस्था, पसल र घरेलु कामदारहरु यति जाबो पैसामा महिनाभर खटिरहेका छन् । रोजगारी नपाउने भएपछि उनीहरु जति नै दबाब दिएपनि चुपचाप काम गर्न बाध्य छन् । उनीहरुको पक्षमा रहेर बोलिदिने सरकार पनि छैन । हरेक व्यक्तिको आवश्यकता गाँस, वास र कपास हो । अझ कपास त थोत्रा लगाए पनि हुन्छ, तर नखाईकन बाँच्न सकिँदैन । तर, कम तलबको कारण उनीहरु भोकै बस्नुपर्ने अवस्था सिर्जना भएको छ । बढ्दो सामानको मूल्यले उनीहरु मारमा परेका छन् । अहिले अन्तराष्ट्रिय स्तरमै पेट्रोल डिजेलको मुल्य बढेको छ । जसको प्रभाव नेपालमा पनि परेको छ ।
सरकारले पेट्रोल–डिजेलबाट चल्ने सवारी साधन नेपालमा भित्र्याउन दियो । सवारी साधन चलाउन नसक्ने स्थितिमा आइपुगेको छ । छिमेकी मुलुकबाट खरिद गरेको फलामले नेपालीलाई रुवाउने भयो । फलामलाई गाडी बनाएर भारतले खर्बौ रुपैंया लगिसक्यो । एउटा गाडी किन्यो भने म को को न हुँ भन्ने सोचाई नेपालीमा छ । जसले गर्दा सवारी साधन किन्ने होडबाजी चल्यो । २० रुपैंया किलो नबिक्ने फलामलाई लाखौंमा बेचे । हामी नेपालीले फलामसमेत छुट्याउन सकेनौं । करोडौंमा किनको गाडी कबाडीमा बेच्ने हो भने दश हजारमा पनि बिक्दैन । हाम्रो देशमा इन्धनको खानी छैन । अर्काको देशको भर परेर सवारी खरिद गरियो ।
पेट्रोल, डिजेल, ग्याँस, हवाई इन्धन, मट्टितेल आयल निगमले किनेकै मूल्यमा बिक्री गर्यो भने ग्याँसको २५०० तिर्नुपर्छ । इन्धनको २०० र हवाई इन्धनको मुल्य पनि दोब्बर पर्छ । कि सरकारले व्यापार घाटा राज्यको ढुकुटीबाट बेहोरिरहनुपर्यो । मुलुकको अर्थतन्त्र इन्धन खरिद गर्दागर्दै सिद्धिसक्यो । आयल निगम घाटा गएर टाट पल्टिसकेको छ । घाटा सहन नसकेर निगमले हात उठाइसकेको छ । सञ्चित कोष खाली भएर आयल निगम सरकारको सामु हात फैलाउँछ । इन्धन किनेको पैसा चुक्ता गर्ने सकेको छैन । ऋणको खोजीको हिँडिरहेको आयल निगम । राजनीतिक दल वा विद्यार्थी संगठनहरु आयल निगमले गरेको मुल्यवृद्धिको विरोधमा सडकमा आउँछन् । तर, हुने केही होइन ।
सरकारी गाडी तोडफोड गर्छन् र मिडियामा अनुहार देखाउँछन् त्यति नै हो । विपक्षी दल कताबाट तिर हान्दा निशाना लाग्छ भनेर दाउ हेरेर बसेको छ । विद्यार्थी संगठनहरु त कहाँबाट पैसा आउँछ भनेर चोखो दाउ थाप्छन् । संगठनबाट आन्दोलन गरेर नेता भएकाहरु शेरबहादुर देउवा, गगनकुमार थापा, रामकुमारी झाँक्री, बालकृष्ण खाण र अन्य नेताहरुको सम्पत्ति खोजतलास गर्ने हो भने कति निस्किन्छ कति । अहिले यिनै सत्तामा छन्, सम्पत्ति कसले छानबिन गर्ने ? जनताको नारा लगाउने देश र जनताको लागि राजनीति गरेको हो भन्ने पदमा पुग्ने भ्रष्टाचार गर्ने । यस्ता फटाहा नेताहरुलाई युवा नेता भन्न मिल्छ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एउटा सिन्को भाँचेकी छैनन् । कहाँबाट कमिशन आउँछ भनेर कमिशनको खोजीमा हिँडिरहेकी छिन् ।
गगनकुमार थापा स्वास्थ्यमन्त्री हुँदा जनताको काम गरेनन् बरु कमिशन खाने बाटो ढुकेर हिँडे । प्रधानमन्त्री शेरबहादुर देउवा देशको पाँच पटक प्रधानमन्त्री हुँदा पनि देशको अवस्था उस्तै छ । युवा संघको अध्यक्ष हुँदा महेश बस्नेतले कि युवालाई जागिर दिनुपर्छ कि बेरोजगार युवालाई भत्ता दिनुपर्छ भनेर नारा लगाए । ०७० सालको निर्वाचनमा केपी ओलीले बस्नेतलाई टिकट दिए तर जनताले भोट दिएनन् । चुनाव हारे पनि केपी ओली महेश बस्नेतलाई उद्योगमन्त्री बनाइदिए । उद्योगमन्त्री हुँदा इँट्टाभट्टा र क्रसर उघोगबाट ठुलो आर्थिक चलखेल गरे । गोकुल बाँस्कोटाले ७० करोडको बार्गेनिङ गरेको कुरा नि जनताहरुले सुनिसकेका छन् । यस्ता नेताहरुका पछाडि लाग्नु र भोट दिएर सक्तामा पुर्याउनु भनेको देशको विकाश होइन विनाश हुनु हो ।
यिनीहरुले न त भ्रष्टाचार गर्न छोड्छन् न त महँगी नै नियन्त्रण गर्न सक्छन् । यिनिहरु जनताकै लागि साप बनेका छन् । गगन र केपी जहिल्ये उखान टुक्का गर्ने र जनतालाई आश्वासन दिइराख्ने । सत्तामा पुगेर जनताले तिरेको कर झ्वाम्म पारिरहने ? केपी भारतको र गगन अमेरिकाको दलाली हो भन्ने सबैले बुझिसकेका छन् । अब आउने संसदीय चुनावमा केपीले दुईचोटि संसद् विघटन गरेको कारण हराइदिन्छन् । गगनले एमसिसी सदनबाट पारित गर्न ज्यान फालेको र परित गरेको सबैलाई स्मरण नै छ । त्यसको असर अब आउने चुनावमा देखापर्छ । महेश र गगनको पृष्ठभूमि केलाउने हो भने यिनीहरु गुण्डा पेशाबाट आएका हुन् । व्यापारीलाई थन्काएर आफ्नो मानो भर्ने चुनाव लड्ने । बजेट आफनो क्षेत्रका धेरै हाल्न लगाउने अनि ठेकेदारहरुसँग कमिशन खाने । यिनीहरु जनता र राष्ट्रभन्दा पनि कमाउनका लागि राजनीतिमा आएको बुझिन्छ ।
यिनीहरुको यत्रो सम्पत्ति कहाँबाट आयो ? अख्तियार र सम्पत्ति सुद्दिकरण विभागले छानबिन गर्नुपर्छ । मिडियाले पनि यिनै दुई नेतालाई ठाउँ दिएको छ । तर, एउटा दुर्गम जिल्लाबाट जनताको मत लिएर जितेर आएको संसद्ले उसको पार्टिमा पनि पहुँच हुँदैन, भ्रष्टाचार गर्ने ठाउँमा पनि पुग्न पनि सक्दैन अनि मिडियाहरुले उसलाई चिन्दा पनि चिन्दैन । पार्टी अध्यक्ष र सभापतिको अगाडि र पछाडि हिँड्ने व्यक्तिहरु मात्र मन्त्री हुन्छन् । चाहे त्यो व्यक्ति चुनाव हारेको होस् वा चुनाव नै नलडेको होस् । एउटै मानिस दोहोर्याई तेहर्याई मन्त्री हुन्छन् । जनताको मन जितेर आएको सांसद् चाहि एक चोटि पनि मन्त्री बन्न पाउँदैन । कति जिल्लाका जनताले भोट हालेर संसद् जिताएर पठाए तर पार्टिले भने मन्त्री बनाएन । पार्टीमा पहुँच हुनेले मन्त्री पद पाएको पाए गर्ने र पहुँच नहुनेले कहिले पनि नपाउने । मन्त्री हुनको लागी पार्टीको अध्यक्ष र सभापतिलाई मोटो रकम बुझाउनुपर्छ ।
पार्टीलाई ठुलो रकम बुझाउन नसक्नेले मन्त्री बन्नबाट वञ्चित हुन्छन् । राजाको पालामा दुई जना दलितको छोरा गोपाल दलित र गोल्छे सार्कीलाई मन्त्री बनाइएको थियो । ०६२–०६३ साल पछाडि केपी ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा र मधेशी पार्टीहरुले जहिले पनि पटकपटक एउटैलाई मात्र मन्त्री बनाउँछन् । चित्रबहादुर केसी कहिले पनि जनताको पक्षमा बोल्छु भने तर मन्त्री पाएपछि लुसुक्क गए । नारायणमान विजुक्छे जहिले पनि जनताको लागि काम गर्ने । तर, राजनीतिक दलले मन्त्री खानुस् भन्दा पनि कहिले पनि मन्त्री पद नखाने । नेताहरु देश विदेश घुम्ने जाने अनि हाम्रो नाम बेच्ने ।
उमेश थापा ।