चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएकी नेकपा माओवादी केन्द्रकी रेणु दाहाल दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ ।
नेकपा एमाले–राप्रपा गठबन्धनका मेयरका उम्मेदवार एमाले नेता विजय सुवेदीलाई १२ हजार ४ सय ४९ मतले पराजित गर्दै रेणु दाहाल मेयरमा विजयी हुनुभएको हो ।
दाहालले ५२ हजार ३० मत ल्याउँदा सुवेदीले ३९ हजार ५ सय ८१ मत ल्याउनुभएको छ । त्यस्तै मेयरका स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत ल्याउनुभएको छ ।
साेही महानगरपालिकाकाे उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवारी चित्रसेन अधिकारी ५२ हजार ८ सय ३ मतसहित विजयी हुनभएको छ ।
नेकपा एमाले–राप्रपाबाट उपमेयर उम्मेदवार राप्रपाकी हिमला गुरुङले ३० हजार ६ सय १२ मत ल्याउनुभएको छ ।निर्वाचन अधिकृतको कार्यालयले भने औपचारिक घोषणा गर्न बाँकी रहेकाे छ ।
सत्यपाटी । काठमाडौँ ।