सूचनाको शक्ति - The Power Of Information

        

देशभरकाे माैसमकाे अवस्था आज कस्ताे छ त ?

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

आज (मंगलबार) बिहान देशभर आंशिकदेखी सामान्य बदली रहनेछ । साथै मधेश प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

मंगलबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्ग र  हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मंगलबार राती भने लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र प्रदेश-१ लगायत अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने भएकाे छ । साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ।

साथै प्रदेश-१, मधेश प्रदेश, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेश र बाँकी भू-भागका केही स्थानमा भने हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार ०८:५७