सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम आज ल्याउने भएको छ ।
राष्ट्रपति बिद्यादेवी भण्डारीले आज अपरान्ह ४ बजे सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुने छ ।
नीति तथा कार्यक्रमा आर्थिक विकास तथा कृषि, रोजगारीको बिस्तार एवम् अन्य आर्थिक सामाजिक उन्नयनका कार्यक्रम समावेश गरिएको बुझिएको छ ।
आगामी मंसीरमा संघीय संसद र प्रदेश सभाको निर्वाचन गर्नुपर्ने भएकाले सरकारको नीति तथा कार्यक्रम निर्वाचन लक्षित हुने विश्लेषण गरिएको छ ।
यही जेठ १५ गते संघीय सरकारको बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक बाध्यता भएकाले सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।
सत्यपाटी । काठमाडौँ ।