काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै छ ।
१ लाख ४५ हजार ३ सय ६२ मत गनिसक्दा साहले ४९ हजार ३ सय ५८ मत प्राप्त गर्नु भएको छ ।
यो नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहको भन्दा १९ हजार २ सय ८९ मतले धेरै हो ।
सिंहले अहिलेसम्म ३० हजार ६९ मत पाउनु भएको छ । यस्तै, एमालेका केशव स्थापितले २९ हजार २ सय ८४ मत पाउनु भएको छ ।
सत्यपाटी । काठमाडौं ।