सूचनाको शक्ति - The Power Of Information

        

नरैनापुर गाउँपालिका अध्यक्षद्वारा सरकारी स्कुललाई बस दिनेदेखी क्याम्पस स्थापना गर्ने निर्णय

बाँकेको नरैनापुर गाउँपालिकाका नव निर्बाचित अध्यक्ष ईस्तियाक अहमद शाहले पालिका भित्र रहेका सरकारी बिद्यालयलाई बस दिनेदेखी र क्यामपस स्थापना गर्ने  निर्णय गरेका छ्न ।

उनले पहिलो निर्णयमै  पालिकाको शिक्षालैइ बढी प्रथामिकतामा राख्दै ३ करोड लागतमा वडा न ३ मतेहनियामा माध्यमिक बिद्यालय स्थापना गर्ने प्रतिबद्धता जनाएका छ्न ।

त्यस्तै एईईमान्सबै भन्दा बढी जिपिए ल्याउने एक बिद्यार्थीलाई ल्यापटप , जय किसान माबिमा क्याम्पस स्थापना, बाँकी रहेको स्थानमा  विद्युतिकरण र गाउँका चोकहरुमा हाई मस्ट लाइट जडान गर्ने लगायतका योजना अघि सारेका छ्न ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार १७:५३