बाँकेको डुडुवा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ लिएका छन् ।
जिल्ला समन्वय समिति बाँकेको सभा हलमा आज आइतबार एक कार्यक्रमका विच डुडुवा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नरेन्द्रकुमार चौधरीले नवनिर्वाचित उपाध्यक्ष शाहिदा बानोसहित ६ वटै वडाका अध्यक्ष र सदस्यलाई सपथ खुवाउनु भएको हो ।

सपथ कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, निर्वाचन अधिकृत फडिकराज मुडभरी लगायतको उपस्थिती रहेको थियो ।
सपथ कार्यक्रममा अध्यक्ष चौधरी, उपाध्यक्ष बानो, निर्वाचित जनप्रतिनिधिहरु, कर्मचारीहरु लगायत विभिन्न पार्टीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

त्यस अवसरमा डुडुवा गाउँ कार्यपालिकाको महिला र दलित एवम् अल्पसंख्यक सदस्य पदको निर्वाचनका लागि कार्यक्रमको सुचि तालिका प्रकाशन गरिएको थियो ।
सूचि अनुसार जेठ ९ गते १३ गतेसम्मको निर्वाचन प्रक्रिया निर्धारण गरिएको निर्वाचन अधिकृत मुडभरीले बताउनुभयो । सोका लागि जेठ १३ गते सदस्य पदको निर्वाचन हुनेछ ।
सत्यपाटी । बाँके ।