स्थानीय तह निर्वाचन अन्तर्गत ७ सय ५३ मध्ये अहिलेसम्म ७ सय २४ पालिकाको अन्तिम मत परिणाम घोषणा भएको छ ।
अब २९ वटा स्थानीय तहको मात्रै मत परिणाम आउन बाँकी रहेकाे छ। अहिलेसम्म घोषित मत परिणाम अनुसार नेपाली कांग्रेस ३ सय १९ पालिका प्रमुखमा विजयी भएको छ।
यसैगरि नेकपा एमाले १ सय ९६ स्थानीय तहकाे पालिका प्रमुखमा विजयी भएकाे छ । साथै नेकपा माओवादी केन्द्र १ सय २० स्थानीय तहकाे पालिका प्रमुखमा विजयी भएकाे छ ।
जनता समाजवादी पार्टी (जसपा) ले २९ वटा स्थानीय तहको प्रमुख विजयी हुँदा नेकपा एकीकृत समाजवादीले १७ ठाउँ तथा लोकतान्त्रिक समाजवादी पार्टीले १४ ठाउँमा विजयी हासिल गरेकाे छ।
राप्रपा, जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीले ४–४ पालिका प्रमुखमा विजयी भएकाे छ। अन्य दल तथा स्वतन्त्र उम्मेदवारले १७ पालिका प्रमुखमा विजयी हासिल गरेका छन् ।
मतगणना भइरहेका पालिकामध्ये नेपाली कांग्रेस ६ ठाउँमा अगाडि छ भने नेकपा एमाले ११ ठाउँमा अगाडि रहेकाे छ। त्यस्तै माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र लोसपा २–२ ठाउँमा अगाडि रहेकाे छन् ।
साथै दुई ठाउँमा भने स्वतनत्र उम्मेदवारले अग्रता लिईरहेका छन् ।
सत्यपाटी । काठमाडौँ ।