सूचनाको शक्ति - The Power Of Information

        

बालेन साहलाई १७ हजार २७१ मतकाे अग्रता

काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अहिलेसम्म ४० हजार ६ सय पाँच मत प्राप्त गर्नुभएकाे छ । साहले १७ हजार दुई सय ७१ मतकाे अग्रता बनाउनुभएकाे छ ।

पछिल्लो मत परिणामअनुसार काठमाण्डौ महानगरमा एक लाख १४ हजार आठ सय पाँच मत गन्दा साहले ४० हजार ६ सय पाँच मत पाउनुभएको हाे ।

यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार तीन सय ३४ मत प्राप्त  गर्नुभएको छ । नेकपा एमालेका केशव स्थापितले २२ हजार पाँच सय ३६ मत पाउनुभएको छ ।

कांग्रेसकी सिंह एमालेका स्थापितभन्दा सात सय ९८ मतले अगाडि हुनुहुन्छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतवार १६:१८