सूचनाको शक्ति - The Power Of Information

        

इंग्लिस प्रिमियर लिग फुटबल आज सकिंदै

यस सिजनको इंग्लिस प्रिमियर लिग फुटबल आज सकिंदैछ ।

आइतबार बेलुकी प्रिमियर लिगका अन्तिम चरणका सबै १० खेल एकै समयमा हुनेछन् ।

सिजनमा एक खेल बाँकी छँदा शिर्ष स्थानको म्यान्चेस्टर सिटीलाई दोस्रो स्थानको लिभरपुलले एक अंकले पछ्याईरहेको छ । ३७ खेलबाट सिटीको ९० अंक छ भने लिरभपुलको ८९ अंक छ ।

सिटीले आइतबार एस्टन भिल्लाको सामना गर्दा लिभरपुलको भिडन्त वुल्भरह्याम्पटन वान्डरर्ससँग हुनेछ ।

आजको खेल जितेको खण्डमा म्यान्चेस्टर सिटीले उपाधि जित्नेछ । तर, सिटी बराबरीमा रोकिएको वा पराजित भएको अवस्थामा भने लिभरपुलले आफ्नो खेल जित्दै उपाधि हत्याउन सक्नेछ ।

उता, लिड्स युनाइटेड र बर्न्लेबिच रेलिगेशनको संघर्ष छ । लिगमा वाट्फोर्ड र नरिच सिटी रेलिशनमा परिसककेका छन् । अन्तिम खेलपूर्व बर्न्ले र लिड्स युनाइटेडको समान ३५ अंक छ । गोल अन्तरको आधारमा बर्न्ले १७ औं तथा लिड्स १८ औं स्थानमा रहेका छन् ।

आइतबार लिड्स युनाइटेडले ब्रेन्टफोर्डसँग खेल्दा बर्न्लेको भिडन्त न्युकासल युनाइटेडसँग हुनेछ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतवार ०७:५९