सूचनाको शक्ति - The Power Of Information

        

स्थापितभन्दा बालेन शाह १५ हजार १९२ मतले अगाडि

कूल एक लाख ९१ हजार १८६ मतमध्ये ९० हजार ४४७ मत गनिसक्दा काठमाडौँ महानगरपालिकाको प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ३३ हजार २५५ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केशव स्थापितभन्दा बालेन १५ हजार १९२ मतले अगाडि छन् । स्थापितले १८ हजार ६३ तथा नेपाली कांग्रेसकी सिर्जना सिंहले १७ हजार ९६३ मत प्राप्त गरेका छन् ।

काठमाडौँका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौड्यालका अनुसार एमालेको तर्फबाट उपप्रमुखका उम्मेदवार सुनिता डङ्गोलले ३३ हजार २०१ मत प्राप्त गर्दा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११ हजार ४६७ मत प्राप्त गरेका छन् ।

प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा कामपाको मत गणना कार्य जारी छ । हालसम्ममा वडा नम्बर १, २, ३, ४, ५, ६, ८, २८, २९, ३०, र ३२ को मत परिणाम सार्वजनिक भइसकेको छ भने वडा नम्बर ७, ९, १०, २३, २४, २५, २६, र ३१ को मतगणना भइरहेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार २०:४०