सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुर-६ मा नेपाली काँग्रेसको प्यानलै विजयी

बाँकेको कोहलपुर नगरपालिका वडा नं. ६ मा नेपाली काँग्रेस प्यानलले नै विजयी भएको छ । कोहलपुर नगरपालिकामा ६ मा २४९१ मतदाता भएको वडामा १९९९ मत खसेको थियो ।

नेपाली काँग्रेका तर्फबाट वडाध्यक्ष श्रीकृष्ण थारुसहित प्यानलै विजयी भएको छ । उनी ८२६ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी एमालेको तर्फबाट वडाध्यक्ष पदमा परदेशी थारुले ५६१ मत प्राप्त गरेका छन् ।

यस्तै गठबन्धनबाट नेकपा माओवादी केन्द्रका रामशरण थारुले ४२३ मत प्राप्त गरेका छन् । काँग्रेसकै तर्फबाट सदस्यमा लिलादेवी रेग्मी ८२६, सुनिता सुनारले ८५१ गोेविन्द वाग्ले ७८७ र पिठु थारु ८४५ मत प्राप्त गरी विजयी भएका छन् ।

यस्तै नेकपा एमालेका सदस्य भविसरा थापाले ५३४, दिपा कुमारी विकले ४९७ नन्दा मल्ल चन्द्रले ५१८, नारायण पोखे्रलले ५२९ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट माओवादी केन्द्रको तर्फबाट सदस्यमा सिता सापकोटा ३९८, दिपा विक ३९०, राम प्रसाद थारु ३७५ र एसको तर्फबाट फागु थारु १५८ प्राप्त गरेका छन् ।

यस्तै कोहलपुर निर्वाचन अधिकृत तिर्थराज भट्टका अनुसार दुई जना सदस्य चिन्हमा अधिकत मत बदर भएको बताएको छ । जसमा ५९५ बदर भएको छ । यस्तै मेयर पदमा १२२ उपमेयरमा २६८, वडा अध्यक्षमा १०७, महिला सदस्यमा १५०, दलित महिला सदस्यमा १८९ र सम्पूर्ण रुपमा मत बदर संख्या ८ रहेको बताएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार १८:३१