सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौंमा बालेनको अग्रता झनै फराकिलो

काठमाडौँ महानगरपालिकाको मेयर पदमा बालेन साहले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई १६ हजार १२६ मतले पछि पारेका छन् ।

९६ हजार ९४४ मत गनिसक्दा साहले हालसम्म ३५ हजार ३७४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १६ हजार १२६ मत ल्याएका छन् ।

नेपाली काँग्रेसबाट उम्मेदवार बनेकी सिर्जना सिंहले १६ हजार २९१ मत ल्याएकी छन् । काठमाडौँमा अझै ९४ हजार २४२ मत गन्न बाँकी रहेको छ । बालेनले हालसम्म भएको मत गणनाको ३६ प्रतिशत मत ल्याएका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार १७:२६