सूचनाको शक्ति - The Power Of Information

        

बुटवलको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डे निर्वाचित भएका छन् ।

एमालेका बाबुराम भट्टराईलाई ७ हजार ५३३ मतान्तरले पराजित गर्दै पाण्डे विजयी भएका हुन् । यससँगै कांग्रेसले एमालेको गढ मानिएको बुटवलमा अप्रत्यासित नतिजासमेत निकालेको छ ।

पाण्डेले ३० हजार १३१ मत प्राप्त गरे । भट्टराईले २२ हजार ५९७ ल्याए । राप्रपाका मृगेन्द्र शेरचनले ७ हजार ५३३ मत ल्याएका छन् । उपमेयरमा एमालेकी सावित्रा अर्याल विजयी भइन् ।

उनले २४ हजार ९०४ मत ल्याइन् । सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका चीन बहादुर गुरूङले १७ हजार ९८० मत ल्याए ।

राप्रपाकी भगवती पाण्डेले ६ हजार ५२९ ल्याएकी छन् । काङ्ग्रेसले बुटवलमा ११ वडा जितेको छ । एमाले ५ वडामा विजयी भएको छ । जितको आधिकारिक घोषणा हुन बाँकी छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार १६:४५