सूचनाको शक्ति - The Power Of Information

        

धनगढीमा ११ हजार मतले स्वतन्त्र उम्मेदवारको अग्रता

सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मेयरमा मतगणनाको सुरुदेखि अग्रता लिएका स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार मतान्तरले अग्रता लिएका छन् ।

अहिलेसम्म ५१ हजार ६५ मतगणना हुँदा हमालले २२ हजार ५४१ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका नेपाली काग्रेसका उम्मेदवार नृप बहादुर वडले ११ हजार ५४४ मत प्राप्त गरेका छन् ।

एमालेका रणबहादुर चन्दले ६ हजार ४२३ मत प्राप्त गरेका छन् । धनगढी उपमहानगरपालिकाको वडा नं १, वडा नं २, वडा नं ३, वडा नं ४, वडा नं ५, वडा नं ६, वडा नं ७, १५, वडा नं १६ र वडा नं १७, वडा नं १८ र वडा नं १९ को मतगणना सकिएको छ ।

वडा नं ८, वडा नं ९, वडा वडा नं १२, वडा नं १३ र वडा नं १४ को मतगणना जारी रहेको छ भने वडा नं १०, वडा नं ११ का मत पेटिका खोल्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । धनगढीमा ६३ हजार ७१५ जनाले मतदान गरेका थिए ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार १०:४०