सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरमा कांग्रेसको अग्रता कायमै

बाँकेको कोहलपुर नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका पुर्ण आचार्यले अग्रता कायम गरिरहेका छन् । हालसम्म १० वटा वडाको मतगणना गर्दासम्म कांग्रेसका आचार्य ३२४ मतले अग्रता कायम गरिरहेका छन् ।

आचार्यले ९४१२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेला खिलप्रसाद भुसालले ९०८८ मत प्राप्त गरेका छन् । नेकपा माओवादीका नरेन्द्र न्यौपाने ७९२९ मतका साथ तेस्रो स्थानमा छन् । उपप्रमुखमा कांग्रेसकी संगीता सुवेदीले पनि अग्रता कायम गरिरहेकी छिन् ।

उनी नेकपा एमालेकी अस्मिताकुमारी थारुभन्दा १२ मतले अगाडि छिन् । सुवेदीले हालसम्म ९६६१ मत, थारुले ९७४१ र नेकपा माओवादी–नेकपा एकीकृत समाजवादी गठवन्धन तर्फकी नारायणी ओलीले ४९४१ मत ल्याउदै अन्तिम स्थानमा रहेकी छिन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार १०:२६