सूचनाको शक्ति - The Power Of Information

        

तलबभत्ता नलिने नौमूले गाउँपालिकाका अध्यक्षको घोषणा

दैलेखको नौमूले गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष छवि सुवेदीले गाउँपालिकाबाट उपलब्ध हुने तलबभत्ता नलिने घोषणा गरेका छन्।

शुक्रवार अध्यक्षको पदभार ग्रहण गर्दै सुवेदीले आफू जनताको सेवक भएकाले गाउँपालिकाबाट आफूले पाउने तलबभत्ता नलिने घोषणा गरेका हुन्।

उनले आफूले गाउँपालिकाबाट पाउने तलब र भत्ता अक्षयकोषमा जम्मा गरेर द्वन्द्व पीडित, जेहेन्दार र गरिब बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने  बताए।

अध्यक्ष सुवेदी गत वैशाख ३० सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार १८:३१