सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

नेपालगन्जमा बढ्दो अघोषित लोडसेडिङ विरुद्ध दवाव दिइएको छ ।

विकासका लागि नागरिक सरोकार समितिको अगुवाईमा शुक्रबार नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रको मुलगेटमा धर्ना सहित दवाव दिइएको हो ।

सो क्रममा समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले नेपालगन्ज जस्तो गर्मी हुने ठाउँमा अघोषित लोडसेडिङ हुँदा यहाँका सर्बसाधारणले निकै सास्ती खेप्नु परेको बताए ।

बिद्युत प्राधिकरणले जनतालाई कुनै जानकारी नै नदिएर बिद्युत काट्दा आफुहरु बाध्य भएर आन्दोलित हुनु परेको उनको भनाई छ ।

सो क्रममा बोल्ने अन्य बक्ताले पनि अघोषित लोडसेडिङ तत्काल बन्द गर्नुपर्ने माग गरेका थिए । सो क्रममा नागरिक समाजका तर्फबाट नेपालगन्ज उद्योग वाणिज्य संघका प्रतिनिधी, लायन्स तथा लियो क्लबका प्रतिनिधी, गैर सरकारी संस्था महासंघ, होटल ब्यवसायी, अधिकारकर्मी, वकिल, पत्रकार, सर्बसाधारण लगायतको ठुलो संख्यामा उपस्थिती रहेको थियो ।

नेपालगन्जमा बिहीबार बेलुका बसेको सरोकारवालासहितको बैठकले लोडसेडिङ विरुद्ध दवाव दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार १८:०७