सूचनाको शक्ति - The Power Of Information

        

ओलीको गृहनगर दमकमा एमाले पराजित, राप्रपा विजयी

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर झापाको दमक नगरपालिकामा राप्रपा विजयी भएको छ ।

लामो समयदेखिको एमालेको विरासत ढाल्दै दमक नगरपालिकामा राप्रपाका राम थापा विजयी भएका हुन् । उनले एमाले उम्मेदवार गीता अधिकारीलाई पराजित गरेका छन् ।

थापा कांग्रेस–माओवादीसहितको ६ दलीय गठबन्धनबाट चुनावी मैदान थिए भने झापामा सत्ता गठबन्धनसहित राप्रपाको गठबन्धन रहेको थियो भने एमाले एक्लै लडेको थियो । थापा विजयी भएकोबारे निर्वाचन आयोगले औपचारिक घोषणा गरिसकेको छैन ।

योसँगै दमकमा एमालेको लामो समयदेखिको विरासत गल्र्याम गुर्लुम्मै ढलेको छ । उपमेयरमा पनि गठबन्धनबाट कांग्रेसकी रेगिना भट्टराई विजय नजिक छिन् । अघिल्लो चुनावमा दमक नगरपालिकाको मेयरमा एमालेका रोमनाथ ओली निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार १०:४१