सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौंमा बालेनले कटाए २५ हजार मत

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले २५ हजार मत कटाएका छन् । बालेनले २५,४२७ मत पाएर अग्रता कायमै राखेका छन् ।

बालेनका प्रतिस्पर्धी नेकपा (एमाले)का केशव स्थापितले १३,४९९ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले १२, ८४२ मत पाएकी छन् । अहिलेसम्म ६७,२६१ मतगणना भइसकेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार ०८:४८