सूचनाको शक्ति - The Power Of Information

        

६२५ पालिकाको नतिजा सार्वजनिक, कसले कति जिते ?

स्थानीय तह निर्वाचनको परिणाम धमाधम सार्वजनिक भइरहेका छन्।

पछिल्लाे जानकारी अनुसार हालसम्म २०० नगरपालिका र ४२५ गाउँपालिकाकाे परिणाम सार्वजनिक भएको छ। जसमध्ये कांग्रेसकाे अग्रता कायमै छ।

उसले १०० नगरपालिका र १७८ गाउँपालिका गरि २७८ पालिका प्रमुख जितेको छ। यस्तै एमालेले १७४ पालिकामा जित हात पार्दा नेकपा माओवादी केन्द्रले १११ स्थानीय तहको प्रमुख जितेकाे छ।

एकीकृत समाजवादी १४ पालिका र जनता समाजवादीले १८ पालिकामा जितेका छन्।स्वतन्त्रसहित अन्य दलले प्रमुखमा २३ र लाेसपाले ७ पालिकामा जितेकाे छ।

मतगणना जारी रहँदा कांग्रेस ४५ पालिकामा अग्रस्थानमा छ। एमालेले २४ र माओवादीले १० पालिकामा अग्रता लिइरहेका छन्।

स्वतन्त्रसहित अन्य दलले २१ स्थानमा अग्रता लिइरहेका छन्।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार ०८:४८