दोलखाको भिमेश्वर नगरपालिकाको प्रमुख ३० वर्षपछि पहिलोपटक कांग्रेसले जितेको छ । सदरमुकाम चरिकोटसहित समेटिएको भिमेश्वरमा बहुदल आएर स्थानीय चुनाव सुरु भएयता कांग्रेसले पहिलोपटक जितेको हो
भिमेश्वरमा कांग्रेसबाट निर्वाचित पहिलो नगरप्रमुख बन्न सफल भएका छन्, ईश्वरनाथ मानन्धर । मानन्धर आठ हजार ७२३ मतसहित निर्वाचित भएका हुन् । मानन्धरले एमालेका उमेदवार हरिवंश चौलागाईंलाई एक हजार ४२२ मतान्तरमा पराजित गरेका हुन् ।
मानन्धरको सात हजार ३१ मत पाएका छन् । उपप्रमुखमा भने एमालेको निरन्तरता भएको छ । एमालेकी उपप्रमुख उमेदवार कमला बस्नेत सात हजार २६४ मतसहित विजयी भइन् । उनले एकीकृत समाजवादीका उमेदवार संगीता तामाङले छ हजार ९२१ मत ल्याएएर पराजित भइन् ।
भिमेश्वर नगरपालिकाको पनि मुकाम रहेको चरिकोट कम्युनिष्टहरुको पहिलोदेखि नै दवदवा भएको क्षेत्र हो । त्यहाँ २०५१ सालमा कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले माले, मण्डले, मसाल एउटै हुन् भनेर भाषण गरेपछि उनीमाथि आक्रमण भएको थियो । कम्युनिष्टहरुको आक्रमणबाट बच्न कोइराला हेलिकोप्टर लिएर भाग्नुपरेको थियो ।
त्यस्तो क्षेत्रमा यसपटक भने कांग्रेसको नेतृत्व स्थापित भएको छ । नेतृत्व स्थापित हुँन कम्युनिष्टकै गढ भनेर चिनिने तत्कालीन क्षमावति गाविस, हाल भिमेश्वर नगरपालिकाको १ नम्बर वडाबाटै कांग्रेसले जितको खाता खोलेको थियो । जितको सुरुआत कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीको वडाबाट भएको थियो । वडान म्बर–१ कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीको गृह वडा हो ।
सत्यपाटी । दोलखा ।